राजनीतिक दलमा जिम्मेवारी लिएका तीन सरकारी कर्मचारीमाथि कारबाही सिफारिस

Image

राजनीतिक दलमा जिम्मेवारी लिएको आरोपमा तीन जना सरकारी कर्मचारीमाथि कानुनी कारबाही गर्न सिफारिस गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा परेको उजुरीका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयमा कारबाहीका लागि सिफारिस गरिएको हो ।

रास्वपा सचिवालयका अनुसार कारबाहीका लागि सिफारिस गरिएका तीनै जना कर्मचारी काठमाडौंका हुन् । यद्यपि, उनीहरूको नाम र कार्यरत संस्थानको विवरण भने सार्वजनिक गरिएको छैन ।

सार्वजनिक संस्थामा कार्यरत कर्मचारीले राजनीतिक दलमा जिम्मेवारी लिएको विषयमा पार्टीमा उजुरी परेको थियो । उक्त उजुरीका आधारमा आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा सिफारिस गरिएको रास्वपा सचिवालयले जनाएको छ ।

यस विषयमा सम्बन्धित निकायबाट के-कस्तो कारबाही अघि बढाइनेछ भन्नेबारे थप विवरण सार्वजनिक हुन बाँकी छ ।