नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा काठमाडौँ गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौँले १९ ओभरको तेस्रो बलमा सबै विकेट गुमाएर ११५ रन बनाएको हो ।
काठमाडौँलाई सस्तैमा समेट्न जनकपुरका राहुल यादवले बलिङमा चार विकेट हात पारे । चार ओभर बलिङ गर्दा ३१ रन खर्च गरे ।
काठमाडौँले ओपनर स्मृत पटेललाई १३ रनमा गुाउँदा स्याम हेजलेटलाई मात्र एक रनमा आउट भए । हरिशंकर शाह ९ रन बनाउँदा आउट भए भने रसिद खान १७ रन बनाउँदा पेभिलियन फर्किए ।
टिकेर खेलेका भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । सुस्मित महर्जन १० रनमा आउट हुँदा कप्ता क०ा केसीले १८ बलकाे सामना गरेर मात्र ८ रन जोडे ।
जनकपुरका लागि दुई ओभर बलिङ गरेका राहुल यादवले १२ रन खर्चिएर दुई विकेट हात पारेका छन् भने मोइन अली र सलफ हसनले एक विकेट हात पारेका छन् ।
काठमाडौँको यो सिजनको पहिलो खेल हो । दास्रो खेल खेल्दै गरेको जनकपुर पहिलो जितको खोजीमा छ ।















