सडक डिभिजन भरतपुरले वर्षा भइरहेकाले मुग्लिन-नारायणगढ सडकमा पहिरोकाे जाेखिम कायमै रहेकाले अत्यावश्यक नपरी यात्रा नगर्न सम्बन्धित सबैलाई सुझाव दिएको छ।
सडक डिभिजन भरतपुरले आज शुक्रबार बिहान ११:२५ बजे सूचना जारी गरी मुग्लिन-नारायणगढ सडकबाट यात्रा गर्नैपरे सम्बन्धित सुरक्षा निकायमा अवस्था बुझेर मात्रै यात्रा गर्न सम्पूर्ण चालक तथा यात्रुलाई अनुरोध गरेको हो।
सूचनामा भनिएको छ, ‘अर्नब चक्रबातकाे कारण हाल नेपालीको धेरै भागमा वर्षा भइरहेको छ। मुग्लिन-नारायणगढ सडकखण्ड सामान्य अवस्थामा छ भने सवारी आवागमन पनि सुचारु रहेको छ। वर्षाकाे कारण सडक र पहिरोकाे सम्भावित जाेखिम कायमै रहेकोले अत्यावश्यकबाहेक यात्राको तय नगर्नुहुन साथै यात्रा गर्नैपरे सम्बन्धित सुरक्षा निकायमा सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण सबैलाई अनुरोध गरिन्छ।’















