परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणको मिति अझै तय भइनसकेको जनाएको छ । परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेले क्षेत्रीले सो कुरा बताएका हुन् ।
“दुवै पक्षलाई अनुकूल हुने गरी प्रधानमन्त्रीको भारत भ्रमणको आवश्यक तयारी भइरहेको छ । भ्रमणको मिति भने अझै तय भइसकेको छैन,” प्रवक्ता क्षेत्रीले भने ।
दुई देशबीच विभिन्न तहमा भ्रमण र भेटवार्ता हुँदै आइरहेको जनाउँदै उनले यसलाई नियमित प्रक्रिया भएको बताए ।
“दुवै पक्षको अनुकूल समयमा भ्रमण हुने र दुवै पक्षको समन्वयमा विषयहरू तय हुन्छ,” प्रवत्ता क्षेत्रीले भने ।














