नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ

Image

नयाँ राहदानी प्रणाली स्थिरीकरणको तीनमहिने अवधि समाप्त भएको छ ।

“नयाँ प्रणाली कार्यान्वयनको चरणमा देखिएका प्राविधिक समस्याहरूको समाधान गरी सहज रूपमा राहदानी सेवा प्रवाह भएको छ,” शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने । 

हालसम्म ७७ जिल्ला प्रशासन कार्यालय, २४ वटा इलाका प्रशासन कार्यालय र ३९ वटा विदेशस्थित नेपाली नियोगहरूमा ‘लाइभ इनरोलमेन्ट’को कार्य सफलतापूर्वक सञ्चालनमा रहेको उनले जनाए ।

“नयाँ प्रणालीबाट हालसम्म करिब दुई लाख ५० हजार राहदानी छापिइसकेको छ,” प्रवक्ता क्षेत्रीले जानकारी दिए