प्रधानमन्त्री वालेन्द्र शाहले सही समय आएपछि, सबैको गलत समय आउने बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल एक्समा लेख्दै प्रधानमन्त्री शाहले ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’ भनेका छन् । उनले कसलाई लक्षित गरेर यस्तो अभिव्यक्ति दिएका हुन् भन्नेबारे भने खुलाएका छैनन् ।
प्रधानमन्त्री शाहको स्टाटस जस्ताको तस्तै
सही समय आएपछी, सबैको गलत समय आउछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !














