गगन थापा र केपी ओलीबीच गुण्डुमा भेटवार्ता

Image

नेपाली कांग्रेसका सभापति गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

मंगलबार साँझ थापा भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेका थिए। त्यहाँ दुई नेताबीच करिब एक घण्टा कुराकानी भएको बताइएको छ।सभापति थापानिकट स्रोतका अनुसार भेटमा मधेश प्रदेश सरकार गठन तथा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको थियो।

त्यस्तै, दुई नेताबीच समसामयिक राजनीतिक विषय र पछिल्ला घटनाक्रमबारे समेत कुराकानी भएको स्रोतले जनाएको छ।
आजै मात्र गगन थापाको पक्षमा काँग्रेसको आधिकारिकताको फैसला १८ करोड रुपैयाँमा भएको इनम सापकोटाको बयान सार्वजनिक भएको थियो ।