डोल्पा कारागारमा सुरुङ खनेर भागेका ४ कैदी समातिए, ४ अझै फरार

Image

गएको शुक्रबार राति डोल्पा कारागारबाट फरार थप दुई जना कैदी पक्राउ परेका छन्।  डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ गाउँबाट उनीहरू पक्राउ परेका प्रहरीले जनाएको छ। 

स्थानीय कमला बुढाको घरमा लुकिछिपी बसेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका–७ घर भएका २९ वर्षीय कालीप्रसाद रोकाया र जाजरकोटको नलगाड नगरपालिका–९ घर भएका १९ वर्षीय कैलाश भन्ने कपिल परियार पक्राउ परेका हुन्।रोकाया जबरजस्ती करणीसम्बन्धी कसुरमा ८ वर्ष कैद सजाय तोकिएका र परियार चोरीसम्बन्धी कसुरमा ३ वर्ष कैद सजाय तोकिएका कैदी हुन्। 

यसअघि प्रहरीले आठबिसकोट नगरपालिका-१० का ३२ वर्षीय रामबहादुर बिक र सल्यानको कुमाख गाउँपालिका- ५ का २८ वर्षीय रेशम रानालाई पनि पक्राउ गरेको थियो।

उनीहरू दुबै जबरजस्ती करणी मुद्दामा जिल्ला कारागार डोल्पामा कैद भुक्तान गरिरहेका थिए। गत शुक्रबार राति डोल्पा कारागारमा सुरूङ खनेर ८ जना कैदी भागेका थिए। भागेकामध्ये ४ जना अझै फरार छन्।