भारतीय विदेश सचिवले गरे परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट

Image

भारतका विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । बुधबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । 

“सो अवसरमा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई अझ मजबुत बनाउने तथा दुई देशबीचको पुरानो मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ पार्ने विषयमा छलफल भयो,” परराष्ट्र मन्त्रालयले भेटवार्ताका बारेमा भनेको छ । 

नेपालको दुईदिने औपचारिक भ्रमणको सिलसिलामा भारतीय विदेश सचिव मिश्री बुधबार बिहान काठमाडौं आइपुगेका हुन् । उनी बिहीबार स्वदेश फर्कनेछन् ।