हुम्ला जिल्लालाई केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।उनका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको थियो ।
भूकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस भएको हुन सक्ने अनुमान गरिएको छ । भूकम्पबाट भएको सम्भावित क्षति तथा प्रभावबारे भने हालसम्म विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।
थप विवरण आउन बाँकी छ ।














