यू–१९ एसिया कपमा भारतसँग नेपाल पराजित

Image

ओमानमा जारी यू–१९ एसिया कपमा नेपाली युवा टोली भारतीय टोलीसँग पराजित भएको छ। 

शुक्रबार भएको पहिलो खेलमा नेपाली युवाटोली भारतीय टोलीसँग १० विकेटको फराकिलो हार व्यहोरेको हो।

नेपाली टोलीले दिएको १ सय २९ रनको लक्ष्य भारतिय युवा टोलीले १९.१  ओभरमा विना विकेटको क्षतिमा भेट्टायो। 

पहिलो विकेटका लागि कप्तान     लक्ष्य राइचन्दनी र आर्याविर सेवाङले १ सय २९ रनको अविजित साझेदारी गरेपछि भारतले नेपालमाथि सहज जित भेट्टायो। लक्ष्य ५२ र आर्याविर ७० रनमा अविजित रहे।

त्यसअघि ओमानको ओसिए ग्राउण्ड १ मा भारतिय युवा टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोली ४२.३ ओभरमा १ सय २८ रनमा अलआउट भयो। 

नेपालका लागि दर्स सोनारले सर्वाधिक ४८ रनको योगदान दिए। आशिस लुहारले २९ र निरज कुमार यादवले २० रन थपे। पाचौँ विकेटका लागि आशिस र दर्सले ४३ रनको साझेदारी गरेका थिए। 

सचिन भट्टले ६ तथा सुर्याशु कोइरालाले ५ रन थपे। भारतीय युवा टोलीका लागि इशान सृुदले ३ विकेट लिए। उनले १० ओभरमा ४ मेडन राख्दै १८ रन खर्चे।

भुटकुरी याशविर गौडले २ विकेट लिए। उनले ८ ओभरमा २५ रन दिए। काभ्या परेस पटेल र मनाल चौहानले समान एक विकेट आफ्नो नाममा गरे।

नेपाली युवा टोलीले पर्सि आइतबार यूएईविरुद्ध खेल्ने तालिका छ।