दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

Image

प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएका दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ। 

बिहीबार पेश गरेको रिट शुक्रबार दर्ता भएको कार्कीका वारेस आभाष रेग्मीले जानकारी दिए। रिट दर्ता भइसके पनि पेसी तय हुन बाँकी रहेको उनले बताए।

बुधबार सरकारले कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी बनाएको छ। आफूलाई गैरकानुनी रुपमा हटाइएको दाबी गर्दै कार्कीले पुनर्बहालीको माग गरेर रिट दिएका हुन्। 

तर उनको रिटमा तिहारपछि मात्रै सुनुवाइ हुने भएको छ। भोलिबाट सर्वोच्च अदालतमा पनि तिहार बिदा हुँदै छ।