भीमफेदी गाडी दुर्घटना : दशको मृत्यु, पाँच जना घाइते

Image

 मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

बिहान करिब ६:१० बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको इभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा गाडीमा सवार १५ मध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

घटनास्थलमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार कार्यका लागि खटिएको छ भने नेपाली सेना र नेपाल प्रहरी सहितको संयुक्त टोलिले उद्धार जारी राखेको छ ।