दुग्ध विकास संस्था (डीडीसी) अन्तर्गतको विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नविन किशोर शर्मा पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार शर्मालाई ललितपुरको भैसेपाटीबाट पक्राउ गरेको हो। सर्लाहीको रामनगर गाउँपालिका–३ घर भई हाल ललितपुर महानगरपालिका-५ भैसेपाटीमा बस्दै आएका शर्मालाई आपराधिक विश्वासघात गर्न नहुने र सङ्गठित अपराधको कसुरमा पक्राउ गरिएको सीआईबीले जनाएको छ।
उनले डीडीसीलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ डीडीसीलाई हानी नोक्सानी पुर्याएको आरोप लगाइएको छ। उनले मिलेमतोमा काम गरिएको देखिएकाले संगठित अपराधको कसुरमा अनुसन्धान थालिएको सीआईबीले जनाएको छ।














