छठले जीवनका हरेक अवस्थालाई सम्मान गर्न सिकाउँछ : प्रधानमन्त्री बालेन शाह

Image

प्रधानमन्त्री बालेन शाहले छठ पर्वले जीवनको गहिरो दर्शन सिकाउनुका साथै जीवनका हरेक अवस्थालाई सम्मान गर्न प्रेरित गर्ने बताएका छन्।

छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले उदाउँदो सूर्यलाई जस्तै अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिने परम्पराले जीवनको महत्वपूर्ण सन्देश दिने बताएका हुन्।

उनले छठ पर्वले प्रकृतिप्रतिको कृतज्ञता व्यक्त गर्न र जीवनका हरेक अवस्थालाई समान रूपमा सम्मान गर्न सिकाउने उल्लेख गरेका छन्।

चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहान उदाउँदो सूर्यलाई जलाशयको किनारमा अर्घ्य दिने परम्परा रहेको छ।

प्रधानमन्त्री शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको पनि बताएका छन्।

छठ पर्वले सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै उनले भगवान् सूर्यदेव र छठी माताको कृपा सबैमाथि सधैँ रहिरहोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।