स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार (कात्तिक २९) सुनको मूल्य तोलामा एक हजार ५०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, यस दिन सुनको मूल्य तोलामा दुई लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने सुन प्रतितोला दुई लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ । चाँदी तोलामा तीन हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













