डा. मुकुल ढकाल र सांसद निशा डाँगी  विवाह बन्धनमा बाँधिँदै

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र पार्टीकी सहमहामन्त्री तथा सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन्।

उनीहरूको विवाह आगामी मंसिर १० गते हुने तय भएको छ। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका मुकुल र निशाले आफ्नो सम्बन्धलाई विवाहमार्फत औपचारिकता दिन लागेका हुन्।

निकटस्थहरूलाई उनीहरूको प्रेम सम्बन्धबारे जानकारी भए पनि दुवैले अहिलेसम्म सार्वजनिक रूपमा यसबारे बोलेका थिएनन्। उनीहरूको टीकाटालोसमेत भइसकेको बताइएको छ।

विवाहको तयारीका लागि मुकुल बुधबार काठमाडौंबाट झापा जाँदैछन्। मंसिर १० गते विराटनगरबाट जन्ती लिएर निशाको घर झापा जाने उनको तयारी छ।