एनपीएल उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी भिड्दै

Image

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दैछन्। 

यी दुई टोलीबीचको फाइनल प्रतिस्पर्धा कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा शनिबार साँझ ५ बजेदेखि सुरु हुनेछ।  लुम्बिनीले लगातार दोस्रोपटक उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो। उसले गत संस्करणमा सुदूरपश्चिमलाई हराएर उपाधि जितेको थियो।

सुदूरपश्चिम पहिलोपटक उपाधि जित्ने योजनामा छ। उसले पहिलो संस्करणमा जनकपुर बोल्ट्स र गत संस्करणको फाइनलमा लुम्बिनीसँग पराजय व्यहोरेको थियो। 

हालसम्म एनपिएलमा लुम्बिनी र सुदूरपश्चिमबीच पाँच खेलमा भेट भएको छ। जसमा लुम्बिनीले तीन र सुदूरपश्चिमले दुई खेलमा जित निकालेको छ।