देशमा असहज राजनीतिक परिस्थिति सिर्जना भएको छ : प्रचण्ड

Image
काठमाडौँ, ७ साउनः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार कीर्तिपुर नगरपालिका–४ स्थित चम्पादेवीमा पुष्पलाल स्मृति प्रतिष्ठानले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८ अ‍ौँ स्मृति दिवसका सन्दर्भमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिरः अशोक घिमिरे/रासस

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र शान्ति सम्झौताका उपलब्धिमा प्रहार भइरहेको दाबी गरेका छन्। 

शनिबार भक्तपुरमा पार्टीको जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियानको उद्घाटन कार्यक्रममा प्रचण्डले शान्ति सम्झौताले परिकल्पना गरेको नयाँ नेपालको सपना र त्यसबाट प्राप्त उपलब्धि कमजोर पार्ने प्रयास भइरहेको दाबी गरेका हुन्।

उनले सुकुमवासी, आदिवासी जनजाति, दलित र महिलालगायत समुदायका अधिकार, हित र पहिचानमा विभिन्न ढंगले प्रहार भइरहेको बताए।

‘अहिले देशमा असहज राजनीतिक परिस्थिति सिर्जना भएको छ। संविधान र त्यसले सुनिश्चित गरेका अधिकारमाथि विभिन्न कोणबाट चुनौती देखिएका छन्’, प्रचण्डले भने, शान्ति सम्झौताले अधिकार, पहिचान र समानताको सपना देखेका सुकुमवासी, आदिवासी जनजाति, दलित तथा महिलालगायतका समुदायमाथि विभेद र अन्यायका समस्या अझै कायम छन्।’