ओपनर जर्ज मुन्सीले विस्फोटक ब्याटिङ गरेपछि सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को उपाधि जितेको छ । शनिबार राति सम्पन्न फाइनल खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले पहिलोपटक एनपीएलको उपाधि जितेको हो । पछिल्लो दुई संस्करणमा उपविजेतामा चित्त बुझाएको सुदूरपश्चिमले एकपक्षीय जित निकाल्दै उपाधि जितेको हो ।















