नेपाल सरकारका पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । उनलाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
मलेसिया कामदार पठाउने बहानामा श्रमसचिव हुँदा अवैध रूपमा रकम संकलन गरी मलेसिया पठाएको आरोप उनीमाथि लगाइएको छ ।
अर्यालविरुद्ध केही दिनअघि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।
















