राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
सभापति लामिछानले शुक्रबार दिउँसो शीतलनिवासमा पुरेर राष्ट्रपति पौडेलसँग वार्ता गरेका हुन्।
राष्ट्रपति पौडले र लामिछानेबिच सरकार, संसद्, अध्यादेशसँगै समसामयिक राजनीतिक विषयमा कुराकानी भएको लामिछानेको सचिवालयले जनाएको छ।
बिहीबार सभापति लामिछाने र प्रधानन्त्री वालेन्द्र शाहबीच पनि भेटवार्ता भएको थियो।
सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह बिहीबार दिउँसो बुढानिलकण्ठस्थित उनको निवास पुगेका थिए। त्यसक्रममा उनीहरूबिच पाँच घण्टा कुराकानी भएको थियो।
तर, प्रधानमन्त्री शाहले भने राष्ट्रपतिलाई भेट्ने परम्परा तोडेका छन्।
गत साता भारत भ्रमण गरेका शाहले त्यसबारे भ्रमणअघि र पछि पनि राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गरेका छैनन्।
प्रधानमन्त्रीले विदेश जाँदा र फर्किँदा राष्ट्रप्रमुखलाई ‘ब्रिफिङ’ गर्ने प्रचलन शाहले तोडेका हुन्।
सरकारले दुई वटा अध्यादेश ल्याउन गत कात्तिक १७ गते नै राष्ट्रपति समक्ष सिफारिश गरे पनि पाैडेलले ती अध्यादेश जारी नगरी होल्ड गरेर राखेका छन्।
प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायतका केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिले ढिलाइ गरेका हुन्।
















