नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँ बढेको हो ।
आइतबार (मंसिर १३) सुन प्रतितोला दुई लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ४६ हजार १०० मा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी प्रतितोला तीन हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तीन हजार १९५ मा कारोबार भएको थियो ।
















