सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ ।

लगातार दुई दिनदेखि उकालो लागेको सुनको मूल्यले आजपनि निरन्तरता पाएको हो । पछिल्लो तीन दिनमा सुनको मूलय १६ सय रुपैयाँले बढ्न पुगेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन यस रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य १ लाख ८ हजार ९०० रुपैयाँ कायम भएको छ ।

यता, आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेर १४ सय ४० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय ४५ रुपैयाँ कायम रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिऔंस १८.५१ मा कारोबार भएको सुनको मूल्य बढेर मंगलबार १८६१.९८ डलर पुगेको छ। चाँदी भने प्रतिऔंस २१.७९ डलरमा कारोबार भइरहेको छ ।