झापाको भद्रपुर नगरपालिका–२ मा खन्ती प्रहारबाट एक युवकको हत्या गरिएको छ ।
बिहीबार बिहान ५ बजेको समयमा स्थानीय ३५ वर्षीय सनम भनिने गंगा राईलाई सोही ठाउँका ३० वर्षीय कमानसिंह राईले खन्ती प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कमान र सनम साथी हुन् । कमान गएराति सनमको घरमा गएर सुतेका थिए । सुतिरहेको अवस्थामा खन्तीले सनमको टाउकोमा प्रहार गरी कमानले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्या गरी कमान घटनास्थलमै रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । हत्याको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।














