१० अंकले घट्यो नेप्से

काठमाडौं । बिहीबार पनि सेयर बजारमा दोहोराे अंकको गिरावट भएकाे छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८६ अंकले घटेर १८४७.७० बिन्दुमा बन्द भएको हाे ।

आज ३७ लाख ४९ हजार ९५४ कित्ता सेयर खरिद–बिक्री भएको छ । साथै ९६ करोड ४४ लाख रूपैयाँको कारोबार भएको छ । 

सर्वाधिक सेयर मूल्य वृद्धि चन्द्रागिरी हिल्स लिमिटेडको भएको छ । यो कम्पनीको सेयर मूल्य ६.०४ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता एक हजार १२४ रुपैयाँ कायम भएको छ ।

बिहीबार जलविद्युत कम्पनीहरुले धेरै गुमाएका छन् । सयपत्री हाइड्रो लिमिटेडले सर्वाधिक गुमाएको छ । सयपत्री हाइड्रोको सेयर मूल्यमा १० प्रतिशत गिरावट आएको हाे ।