विधान सम्मेलनबारे छलफल गर्न माओवादी केन्द्रको बैठक बस्दै

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज दिउँसो ३ बजे बस्दैछ ।

बैठकमा आउँदो केन्द्रीय समिति बैठक, विधान सम्मेलनलगायत विषयमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकमा पार्टीको आउँदो कार्ययोजनाका सम्बन्धमा छलफल हुनाका साथै माओवादीले सञ्चालन गरेको पार्टी रुपान्तरण अभियानको समीक्षा हुने प्रवक्ता सापकोटाले बताए ।