काठमाडौं । बसोबास नेपालले आयोजना गरेको बसोबास प्रपर्टी इभेन्ट’ नामक रियलस्टेट मेला सफलताका साथ सम्पन्न भएको छ । घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्याउने उद्देश्यले नेपालमै पहिलो पटक आयोजित सो मेला यही पुस ७ गते शनिवार सम्पन्न भएको हो ।
मेलाका क्रममा ५० करोड भन्दा बढीको कारोबार भएको छ । मेलामा ११ वटा स्टलमा २५० भन्दा बढी प्रपर्टी प्रदर्शन गरिएको थियो । मेलाका क्रममा आवासीय अपार्टमेन्ट, घर र कमर्सियल स्पेस गरी पाँच वटा प्रपर्टी बुकिङ भए ।
त्यस्तै, १६ वटा ‘डिस्काउन्ट बुकिङ’ बिक्री भएका छन् । बसोबास नेपालका प्रमुख कार्यकारी अधिकृत राजन अधिकारीले बजारमा फैलिएका मिथ्या खबरका कारण सेवाग्राही आत्तिने अवस्था आइरहेका बेला घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पु¥याउने उद्देश्यले मेलाको आयोजना गरेको बताए ।















