पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध विप्लव नेतृत्वको नेकपानिकट संयुक्त जनवर्गीय संगठनले चक्काजाम गरेको छ ।
आइतबार काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्य क्याम्पसअगाडि पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धमा एक घण्टा चक्काजाम गरेको हो । चक्काजामका क्रममा प्रदर्शनकारीले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए । सो क्रममा प्रदर्शनकारीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गरेका छन् ।
चक्काजामका कारण केहिबेर सो क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो । सो क्रममा नेकपा निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले मूल्यवृद्धिले जनताको जनजीवन प्रभावित पारेकाले सबै मिलेर यसको विरोध गर्नुपर्ने धारणा राखेका थिए । त्यस्तै उनीहरुले एमसीसी राष्ट्रघाती भएकाले यसलाई खारेज गर्नुपर्ने माग गरेका छन् ।













