नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले काठमाडौँस्थित बालाजु लोलाङ हाइटमा पनि सह–वितरण सोरुमको शुभारम्भ गरेको छ । माघ २३ देखि डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन बालाजु इलेकट्रोनिक्स ट्रेडर्सले गर्नेछ । सोरुमको समुद्घाटन डिशहोमका तर्फबाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर राम सुन्दर सिलाकर र रविन थापाको उपस्थितिमा सम्पन्न भएको थियो ।
विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकहरूमाझ पुर्याउँदै आएको बालाजु इलेकट्रोनिक्स ट्रेडर्सले अब डिशहोम फाइबरनेट बिक्री र विक्री पछिको सेवा नयाँ सोरुम मार्फत दिनेछ। १ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको बालाजु इलेकट्रोनिक्स ट्रेडर्सले अव अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागि पनि यस नयाँ स्वरुमले मद्दत गर्ने ट्रेडर्सका सञ्चालक मानव श्रेष्ठले जानकारी दिएका छन् ।













