अमेरिकी डलरको भाउ थप घट्दा पाउन्ड र युरोको बढ्यो

आज (शुक्रबार) बेलायती पाउन्ड र युरोपियन युरोको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज बेलायती पाउन्ड एकको खरिददर १६९ रुपैयाँ १८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९५ पैसा निर्धारण भएको छ। बिहीबार १ पाउन्डको खरिदर १६८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३९ पैसा थियो।

त्यसैगरी आज युरो एकको खरिददर १४५ रुपैयाँ ५५ पैसा र बिक्रीदर १४६ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। बिहीबार १ युरोको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्री दर १४५ रुपैयाँ ७४ पैसा तोकिएको छ।

त्यसैगरी आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३३ रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैँकले जनाएको छ।

बिहीबार १ अमेरिकी डलरको खरिदर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा थियो भने बुधबार अमेरिकी १ डलरको कारोबार १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा थियो।

त्यस्तै कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५१ पैसा तोकिएको छ भने कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ। बिहीबार कुबेती दिनार १ को खरिदर ४३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ६३ पैसा थियो।

त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५३ रुपैयाँ २१ पैसा तोकिएको छ।