सुर्खेतको वीरेन्द्रनगरमा नेपाली कांग्रेस-नेकपा माओवादी केन्द्रबाट संयुक्त उम्मेदवार कांग्रेसका उपेन्द्र खड्काले अग्रता कायमै राखेका छन् ।
अहिलेसम्म एक हजार मत गणना भएको छ । खड्काले ३८६ मत ल्याएका छन् । एमालेका उम्मेदवार मोहनमाया भण्डारीले ३७५ र राप्रपाका मुकुन्दश्याम गिरीले ११९ मत पाएका छन् ।
उपमेयरमा भने एमालेको अग्रता छ । उपमेयरमा एमालेका उम्मेदवार निलकण्ठ खनालले ४१० मत ल्याएका छन् ।
गठबन्धनबाट उम्मेदवार माओवादीका शान्ति ढकालले ३३६ मत ल्याएकी छन् ।










