केपी ओलीको गृहजिल्ला झापाका १६ स्थानीय तहमध्ये १० वटा तहमा भएको मत परिणामको प्रारम्भिक नतिजा आउन थालेको छ । १० तह मध्येको प्रारम्भिक नतिजामध्ये काँग्रेसले कचनकवल गाउँपालिका,भद्रपुर नगरपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका, गौरीगञ्ज गाउँपालिका,कमल गाउँपालिका र काँग्रेसकै वागी रहेको कन्काई नगरपालिकामा अग्रता ललिएकाे छ ।
त्यस्तै प्रारम्भिक नतिजामा एमालेले अर्जुनधारा नगरपालिका र शिवसतासी नगरपालिकामा अग्रता लिएको छ । दमक नगरपालिकामा राप्रपाका मेयरले अग्रता लिएको निर्वाचन आयोगले अपडेट गरेको आधिकारिक साइटमा उल्लेख छ ।










