तोलामा तीन सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा तीन सय रुपैयाँले बढेको छ ।

बिहिबार प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख १८ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै आज तेजाबी सुन तोलाको एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।