बालेन र सुनिताले सोमबार पदभार ग्रहण गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण सोमबार हुने भएको छ । भोलि र पर्सी सार्वजनिक बिदा भएकाले सोमबार मात्र शपथग्रहण हुने भएको हो ।

सोमबार महानगरपालिकामा सपथग्रहणपछि मेयर बालेन साह र उपमेयर सुनिता डंगोलले औपचारिकरुपमा पदभार ग्रहण गर्ने छन् । उनीहरुको कार्यकाल पाँच वर्षको छ ।

काठमाडौंको विहिबार राति मतगणना सकिएको थियो । राति नै निर्वाचन आयोगले परिणाम घोषणा गरेको थियो । आज बिहान मेयर बालेन्द्र साहलाई औपचारिक बधाइ दियो ।

उपमेयरमा निर्वाचित सुनिता डंगोलको पनि आज संक्षिप्त र्‍याली थियो । भोली उनीसहित काठमाडौंमा एमालेबाट निर्वाचितहरुको औपचारिक धन्यवाद र्‍याली निकाल्ने तयारी छ ।