सभामुख अग्नि प्रसाद सापकोटाविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतमा हेर्न नभ्याइनेमा परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसीमा चढेको भएपनि अन्य मुद्दाको चापका कारण हेर्न नभ्याइएको हो ।
संवैधानिक इजलासमा राणाबाहेक न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् । सशस्त्र द्वन्दका समय काभ्रेमा मारिएका अर्जुन लामाको हत्यामा सभामुख सापकोटाको समेत संलग्नता रहेको दाबी गर्दै सो घटनाको अनुसन्धान अगाडि बढाइ पाउँ भनि पूर्णीमा लामाले दिएको निवेदन दिएकी थिइन् ।
नियमित पेसीमा चढे पनि धेरै मुद्दाहरु त्यसभन्दा माथि रहेकाले आज सुनुवाइ हुन नसकेको हो । यसअघि पनि यो मुद्दामा पटक-पटक सुनुवाइको पेसी तोकिएको थियो ।