विकास र समृद्धिका लागि युवाको आवश्यकता महत्वपूर्ण मानिन्छ । यो मान्यता राजनीतिदेखि लिएर व्यावसायिक क्षेत्रमा पनि स्थापित छ । बैंकका सन्दर्भमा एनआईसी एशिया बैंकले पनि युवा कर्मचारीहरुकै ऊर्जाबाट आफूलाई उन्नतस्तरमा ल्याउन सफल भएको छ ।एनआईसी एशिया बैंकको पछिल्लो तथ्यांक अनुसार करिब ४ हजार कर्मचारीमध्ये ९५ प्रतिशत कर्मचारी युवा अवस्थाका छन् । बाँकी ५ प्रतिशत कर्मचारीमात्र ४० वर्षभन्दा माथि उमेरका छन् । उक्त बैंकका औसत कर्मचारीको उमेर २९ वर्ष छ । नेपालको राष्ट्रिय युवा नीति, राष्ट्रिय युवा परिषद् ऐन २०७२ को परिभाषामा १६ वर्षदेखि ४० वर्षसम्मको उमेरलाई युवा मानिन्छ । यसैलाई आधार मान्ने हो भने पनि एनआईसी एशिया बैंकमा ९५ प्रतिशत कर्मचारी युवा छन् ।
एनआईसी एशिया बैंकमा कार्यरत युवा बैंकर्सले एउटै व्यक्ति वा संस्थालाई धेरै ऋण दिनुभन्दा थोरै थोरै ऋण धेरै व्यक्तिलाई दिन उपयुक्त हुने नीति अख्तियार गरे । एउटा व्यक्ति वा संस्थाले लिएको ऋण डुब्ने अवस्थामा पुगे पनि बैंक नै डगमगाउने स्थितिमा नपुग्ने निष्कर्ष उक्त बैंकको जिम्मेवार तहमा रहेका युवा पुस्ताले निकालेका थिए । त्यही रणनीति अनुसार काम गर्दा एनआईसी एशिया बैंक निरन्तर दरिलो भएर उभिन सकेको सो बैंकका कर्मचारीहरुको भनाइ छ । बैंकले नयाँ इतिहास रच्दै अगाडि बढ्नुको मूल कारण युवा जनशक्ति नै रहेको उनीहरु बताउँछन् ।
नआईसी एशिया बैंकले उच्च क्षमताको युवा जनशक्ति तयार गर्दै आगाडि बढेको देखिन्छ । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतदेखि कतिपय अन्य कर्मचारी चार्टर्ड एकाउन्टेन्ट पृष्ठभूमिबाट आएका छन् । उल्लेखनीय छ, चार्टर्ड एकाउन्टेन्ट ज्यादै मेहनती र नयाँ रणनीति लिएर काम गर्न सक्ने हुन्छन् । एनआईसी एशिया बैंकले अबलम्बन गरेको त्यही बाटोलाई अन्य बैंकले पनि फलो गर्न थालेका छन् ।
नेपाल चार्टर्ड एकाउन्टस् संस्थाबाट चार्टर्ड एकाउन्टेन्ट डिग्री लिएका बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले २०७४ चैत्र २ देखि यस बैंकको नेतृत्व सम्हालेका हुन् । बैंक कर्मचारीहरुमा निरन्तर हौसला, प्रेरणा र प्रोत्साहन जगाई बैंकको उज्यालो भविष्य निर्माणका लागि दीर्घकालीन रणनीतिको यथोचित कार्यान्वयनमा युगान्तकारी भूमिका निर्वाह गर्ने कामको प्रमुख श्रेय बैंकका सिइओ न्यौपानेलाई नै जान्छ । साथै, छोटो समयको बैंकिङ्ग अनुभव मै बैंककोे सर्वोच्च भूमिका पाएर बैंकलाई सबै सरोकारवालाहरुको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बनाउन न्यौपानेको अहम भूमिका छ ।
सन् २००८ अप्रिलदेखि तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए । सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै बैंकले विविध सूचांकहरुमा उत्साहजनक व्यावसायिक उचाइ हासिल गरेपछि बैंक सञ्चालक समितिको मिति २०७५ मंसिर १६ को ३७९ औं बैंठकले उनलाई मिति २०७५ मंसिर १६ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।
३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि वहाँ मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’ को रुपमा समेत चर्चित भए । रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बुढानीलकण्ठ बस्ने ४२ वर्षका न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा नै अत्यन्त सफल प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकिङ्ग क्षेत्रमा उदयमान भएका थिए।
उनले बैंकको नेतृत्वदायी भूमिकामा आएपछि उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दै गर्दा बैंक अधिकांश वित्तीय सूचकांकहरुमा पहिलो नम्बरमा पुगेको छ । सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि वहाँको नेतृत्वमा बैंकलाई मध्यम स्तरको बैंकबाट उच्च स्थानको बैंकमा पुर्याउने गरी सन् २०१४ मा पञ्चवर्षीय एकीकृत रणनीतिक योजना ‘रणनीति २०२०’ (स्ट्राटेजी २०२०) तयार गरी बैंकले आ।व। सन् २०१९र२० सम्ममा कर्जा, निक्षेप, सेवाग्राही संख्या, खुद मुनाफा, प्रतिशेयर आम्दानी, स्व–पूँजीमा प्रतिफल, शाखा सञ्जाल लगायतका अधिकांश वित्तीय तथा गैर वित्तीय परिसूचकहरुमा बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट बन्न सफल भएको थियो ।
न्यौपानेले बैंकको नेतृत्व सम्हालेपछि आफ्नो प्रथम कार्यकाल पूर्णरुपमा सफल बनाउँदै बैंकले अधिकांश सूचकहरुमा अग्रणी स्थान हासिल गर्न सफल भएको छ ।
न्यौपाने सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त हुँदा आ.व. २०७३/७४ मा बैंकको वासलातको आकारमा १० औं स्थान थियो । उक्त वर्ष १०१.१९ अर्ब रुपैयाँ रहेको वासलातको आकार गत आ.व.सम्ममा झन्डै चार गुणाले वृद्धि हुँदै ३५८.४२ अर्ब रुपैयाँ पुगेको छ । आ.व. २०७८/७९ मा यो समग्र वाणिज्य बैंकिङ्ग क्षेत्रमा दोस्रो स्थान हो । सोही अवधिमा समग्र बैंकिङ्ग क्षेत्रको वासलातको आकार २.१८ गुणाले वृद्धि भएको छ । त्यस्तै, २०७३/७४ मा ७२ अर्ब रुपैयाँ कर्जा विस्तार गरेर ९ औं स्थानमा रहेको यस बैंकले आ.व. २०७८/७९ मा ३.७२ गुणाले वृद्धि गर्दै २६८.२४ अर्ब रुपैयाँ पुर्याउन सफल भएको छ । सोही अवधिमा समग्र बैंकिङ्ग क्षेत्रमा कर्जाको वृद्धि २.४३ गुणा मात्रै भएको थियो । त्यसैगरी बैंकले ५ वर्षको अवधिमा निक्षेप संकलनमा पनि ३.४० गुणाले वृद्धि गरेको छ ।
आ.व. २०७३/७४ मा ८६.७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ९ औं स्थानमा रहेको बैंकले गत आ.व.सम्म आइपुग्दा निक्षेपको आकार २९४.९८ अर्ब रुपैयाँ पुर्याउँदै दोस्रो स्थानमा आइपुगेको छ, जुन यस आ.व.को प्रथम त्रैमाससम्मको नातिजामा समेत उत्कृष्ट नतिजा रहेको छ । समग्र बैंकिङ्ग क्षेत्रमा यस अवधिमा २.१७ गुणाले निक्षेप वृद्धि भएको छ । बैंकको चल्ती तथा बचत खाता (कासा डिपोजिट) मा पनि बैंकले ४.१५ गुणाले वृद्धि गर्दै १२ औं स्थानबाट तेस्रो स्थानमा फड्को मार्न सफल भएको छ । आ.व. २०७३/७४ मा कासा डिपोजिट २८.२७ अर्ब रुपैयाँ रहेकोमा गत आ.व.सम्म आइपुग्दा ११७.३९ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रको कासा डिपोजिट वृद्धि १.९३ गुणामात्र वृद्धि भएको छ ।
बैंकले विभिन्न वित्तीय परिसूचकहरुमा उल्लेख्य प्रगति गर्नुको पछाडिको मुख्य कारण आम ग्राहक महानुभावहरुको प्रगाढ विश्वास दर्शाउनुभएको हो । न्यौपानेले बैंकको नेतृत्व सम्हालेपछिको ५ वर्षको अवधिमा ग्राहक महानुभावहरुको संख्यामा ६ गुणाले वृद्धि भएको छ । आ.व. २०७३/७४ मा ५ लाख ७१ हजार ग्राहक रहेकोमा गत आ.व.सम्म आइपुग्दा ग्राहक संख्या ३४ लाख ५४ हजारभन्दा बढी पुर्याउन सफल भएको छ ।
साथै, कर्जा लिने ग्राहक संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । ५ वर्षअघि ३० हजार ६ सय कर्जा लिने ग्राहक संख्या रहेकोमा उक्त संख्या ३ गुणाले वृद्धि हुँदै गत आ.व. सम्म आइपुग्दा ९३ हजार ८ सय पुगेको छ । उक्त अवधिमा समग्र बैंकिङ्ग क्षेत्रमा कर्जा लिने ग्राहकको संख्यामा १.६६ गुणाले वृद्धि भएको छ । पछिल्लो समयमा बैंकले डिजिटल कारोबारमा पनि अग्रणी स्थान हासिल गरेको छ ।
आ.व. २०७३/७४ मा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहक महानुभावहरुको संख्या १ लाख २१ हजार रहेकोमा गत आ.व.मा यो संख्या १६.३ गुणाले वृद्धि हुँदै १९ लाख ७२ हजार ६ सय पुगेको छ । त्यसैगरी, इन्टरनेट बैंकिङ्गमा हेर्ने हो भने ४७ हजार ९ सयबाट ३ गुणा वृद्धि हुँदै १ लाख ४५ हजार ६ सय भन्दा बढी पुगेको छ । यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रमा मोबाइल बैंकिङ्ग ६.६० गुणा र इन्टरनेट बैंकिङ्ग १.६७ गुणाले वृद्धि भएको छ ।
साथै, यस बैंक नेपालको बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै एटीएम, पीओएस, क्युआर नेटवर्क निर्माण गर्दै ‘डिजिटल फष्र्ट बैंक’ को अवधारणालाई प्राथमिकतामा राखेर अगाडि बढेको छ । यस अवधिमा शाखा विस्तार, एटीएम एवं विस्तारित काउन्टरको संख्याको हिसाबले पहिलो नम्बरमा रहेको छ । ५ वर्षअघि ११९ शाखा कार्यालय र ७० एटीएम रहेकोमा गत वर्ष ३५९ शाखा र ४७४ एटीएम पुगेका छन् । यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रमा शाखा कार्यालय २.२ गुणा, एटीएम २.२६ गुणाले वृद्धि भएको छ ।
आ.व. २०७३/७४ मा बैंकको कुल आम्दानी ३ अर्ब ४४ करोड १० लाख रुपैयाँ सहित बैंक ११ औं स्थानमा रहेकोमा गत वर्षसम्म आइपुग्दा बैंकले सो आम्दानी ४.२७ गुणाले वृद्धि गर्दै १४ अर्ब ७० करोड ६० लाख रुपैयाँ पुर्याउन सफल भएको छ । यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रको कुल आम्दानी १.९ गुणाले वृद्धि भएको छ । साथै, बैंकको सञ्चालन नाफा ४.३२ गुणाले वृद्धि भएको छ । आ.व. २०७३/७४ मा १ अर्ब ८५ करोड ९० लाख रुपैयाँ रहेको संचालन नाफा गत वर्ष ८ अर्ब २ करोड ७० लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।
यस अवधिमा समग्र बैंकिङ्ग क्षेत्रको सञ्चालन नाफा १.८७ गुणाले वृद्धि भएको थियो । यस अवधिमा स्व–पूँजीमा प्रतिफल १.०१ गुणाले वृद्धि गर्दै १९.५२ प्रतिशतबाट १९.६५ प्रतिशत, प्रति शेयर आम्दानी १.७८ गुणाले वृद्धि गर्दै २१.९६ रुपैयाँबाट ३९.१३ रुपैयाँ पुगेको छ । समग्र बैंकिङ्ग क्षेत्रको अवस्था हेर्ने हो भने यस अवधिमा स्व–पूँजीमा प्रतिफल ०.६० गुणा र प्रति शेयर आम्दानी ०.८४ गुणाले वृद्धि भएको छ । यस अवधिमा समग्र बैंकको बजार पुँजीकरण २९ अर्ब ७८ करोड रुपैयाँबाट २.७ गुणाले वृद्धि हुँदै ८० अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।
सहज, सबल, गतिशील, विश्वसनीय तथा उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै समग्र बैंकिङ्ग क्षेत्रलाई पुनः परिभाषित गर्न सफल भएको छ ।
णनीतिक तथा दीर्घकालिन सोच, कार्यक्षमतामा निपूर्णता तथा कुशल व्यवस्थापकीय क्षमतायुक्त न्यौपाने यस बैंकलाई नयाँ उचाईमा पुर्याउन सफल हुँदै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित अवार्ड र सम्मानबाट सम्मानित भएका छन् । नेपालको बैंकिङ्ग क्षेत्रमा गरेका विशेष योगदानको मुल्यांकन गर्दै न्यौपानेले सम्मानीय राष्ट्रपति श्री विद्यादेवी भण्डारीज्यूबाट प्रवल जन सेवा श्री चतुर्थबाट विभूषित भएका थिए ।
त्यसैगरी वहाँले मुलुकभरका सीईओहरुको संस्था म्यानेजमेन्ट एसोसियसन अफ नेपाल (म्यान) ले प्रदान गर्ने ‘म्यानेजर अफ दि इयर २०२२’ र ‘कर्पोरेट बिजनेस अवार्ड २०२१’ मा ‘कर्पोरेट सीईओ अफ द इयर, २०७८’ बाट समेत सम्मानित भएका थिए । वहाँ बेलायतस्थित ग्लोबल बिजनेस आउटलुकले प्रदान गर्ने अन्तर्राष्ट्रिय स्तरको ‘बैंकिङ्ग सीईओ अफ द इयर २०२१’ बाट समेत सम्मानित भएका छन् ।














