विश्वकपको ड्युटी गर्दागर्दै ढलेका सेक्युरिटी गार्डको अवस्था गम्भीर

दोहा – कतारमा जारी फिफा विश्वकपको क्रममा ड्युटीमा गर्दागर्दै लुसेल स्टेडियममा ढलेका एक सेक्युरिटी गार्डको अवस्था गम्भीर रहेको छ।

शनिबार लुसेल स्टेडियममा ड्युटीको क्रममा ढलेर गम्भीर घाइते भएका एक सेक्युरिटी गार्डलाई तत्काल अस्पताल लगिएको र उपचार पछि पनि अवस्था गम्भीर रहेको कतारको सुप्रीम कमेटी फर डिलिवरी एण्ड लिगेसी ९एससी० को सर्वोच्च समितिले जनाएको छ।

सर्वोच्च समितिले शनिबार राती ट्विटरमा एक विज्ञप्ति जारी गर्दै ती गार्डको सघन उपचार केन्द्रमा उपचार भइरहेको जनाएको छ । ‘उनको अवस्था नाजुक अवस्थामा रहेको छ । हाम्रो प्रार्थना यस समयमा उनी र उनको परिवारसँग छ। हामी उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।’ विज्ञप्तिमा उल्लेख छ।

उनी अस्पतालमा उपचार रहँदा पनि पूरा तलब पाउने विज्ञप्तिमा उल्लेख छ। उनी कुन देशका हुन् भन्ने पनि खुलाइएको छैन। फिफा विश्वकप आयोजक देश कतारले उनी कारणले स्टेडियममै ढलेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको छ।