नागरिक उड्ययन प्राधिकरणका डीजीलाई भेटेर प्रधानमन्त्रीले भने-‘तपाईलाई कारबाही हुन्छ’

काठमाडौँ – नेपाल नागरिक उडड्यान प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले कमिसनको दाऊमा प्राधिकरणभित्र अनियमिततताको मलजल गरेको भन्दै प्रधानमन्त्री शेर बहादुर देउवाले बालुवाटारमा बोलाएर हप्काएका छन् ।

महानिर्देशक बनेपछि अधिकारीले प्राधिकरण भित्रका ठेक्का पट्टाको काम गर्दा सिंग्नेचर अमाउण्ट भन्दै ठेकेदारसँग पैसा असुलेको सुचनापछि प्रधानमन्त्रीले बालुवाटारमै बोलाएर हप्काएका हुन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार अधिकारीले नयाँ अयोजनाको ठेक्का मिलाईदिने आश्वसन देखाएर निर्माणकम्पनीसँग पैसा उठाएको सुचना प्रधानमन्त्री कार्यलयसम्म पुगेको थियो ।

यस्तै अधिकारीले भैरहवासञ्चालनमा विभिन्न प्रकारका समस्या सिर्जना गरि व्यवस्थापनको नाममा करोडौं रुपैयाँ कुम्ल्याउने योजना बनाएका छन् । जसको असर नेपाल भारतको सम्बन्धमा समेत परेको प्रधानमन्त्री देउवाको ठम्याइ छ ।
। प्राधिकरणले गत कात्तिक ६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआईए)बाट दैनिक ३ वटाभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीले भैरहवाबाट पनि एउटा उडान गर्नुपर्ने नियम बनाएको थियो । उक्त नियमका कारण कतिपय नेपालमा नियमित उडान गर्ने कम्पनीहरुले उडान नै बन्द गर्ने चेतावनी दिएका थिए । भने भारतीय कम्पनीले नेपालस्थित भारतीय राजदूतावासमार्फत प्रधानमन्त्री देउवा समक्ष भैरहवाबाट तत्काल उडान गर्न नसकिने सन्देश पुर्याए ।नेपालस्थित भारतीय राजदूत नविन श्रीवास्तवलेसमेत प्रधानमन्त्री देउवालाई भेटेर भारतीय कम्पनीलाई भैरहवाबाट अनिवार्य उडान गर्न भनिए दिल्ली काठमाडौं उडान समेत बन्द हुने चेतावनी दिएपछि प्रधानमन्त्री झस्किएका थिए ।

भारतको सीमामा रहेको र भारतले नै बनाएको भैरहवा विमानस्थल विस्तारको काम चिनियाँ कम्पनीलाई दिने निर्णयबाट भारतीय पक्ष सन्तुष्ट थिएन । यो विषयमा प्रधानमन्त्री देउवाले दुई देशको सम्बन्धको विषयमा ख्याल राखेर मात्रै निर्णय गर्न निर्देशन दिएपछि प्राधिकरणका महानिर्देशक अधिकारीले हाललाई भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्नै पर्ने नियम मार्च २५ सम्म सारेका छन् ।

यसका साथै अधिकारीको दादागिरी र अवैध धन्दा चलाएर असुली गर्ने प्रवृत्तिले प्राधिकरणभित्रका धेरै कर्मचारी कार्यलयमा पुगेरै आफ्नो काम नै सहज रुपमा गर्न नसक्ने गुनासो पनि प्रधानमन्त्री कार्यालयमा पुगेको छ । डन पारामा कार्यलय पस्ने अधिकारीले प्राधिकरणभित्रका अनियमितताबारे कसैले प्रश्न उठाए कार्यलयमा आफ्नो चाकडी गर्नेलाई जम्मा पारेर जाँगिर खाईदिनेदेखि ज्यानै लिनेसम्मको धम्की दिने गरेको प्राधिकरणभित्रका कर्मचारी बताउँछन । यतिमात्रै होईन साँझ मादक पदार्थले मातेर बिमानस्थलमा कार्यरत महिला कर्मचारीलाई फोनमा अशिष्ट भाषामा हप्काउने गरेको गुनासो समेत उनीहरुले गरेका छन् । यसबाट प्रधानमन्त्री देउवा रुष्ट छन् । तर आरजुदेउवा निकट पात्र मानिने अधिकारी उनैको संरक्षणमा बच्दै आएका छन् ।

यति मात्रै होइन् अधिकारीले निजगढ विमानस्थल निर्माण प्रक्रियामा आर्थिक चलखेल गरेको विषयमा समेत प्रधानमन्त्री देउवाले कुरा उठाएका थिए । विमानस्थलको गुरुयोजना निर्माण परामर्शदाता छनोटमा ‘एरोडरोम सेफ्टी स्ट्यान्डर्डस डिपार्टमेन्ट’मा दरबन्दी रहे पनि शक्तिकेन्द्र धाएर राष्ट्रिय गौरव आयोजनाको प्रमुखका रुपमा काजमा रहेका प्रदीप अधिकारीकै संलग्नतामा अनियमितता भएको बाहिरीएपछि प्रधानमन्त्री देउवाले चासो लिएका हुन् ।

गुरुयोजना निर्माणका लागि भएको प्राविधिक छनोटमा कार्यालयको मापदण्ड अनुसार उच्च मूल्याङ्कन पाएको कम्पनीलाई पाखा लगाएर प्रमुख अधिकारीले कम मूल्याङ्कन भएको कम्पनीलाई छनोट गरेका थिए । सो क्रममा उनले ठूलै आर्थिक लेनदेन गरेको भन्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागमा उजुरी समेत परेको छ ।

यस्तै अधिकारीले प्राधिकरणको प्रमुख भएपछि मातहतको सम्पति कवाडीको मुल्यमा विक्री गरेर, खाली रहेको जग्गालाई भाडामा लगाएर, आवाश्याक नै नभएका स्थानमा भौतिक संरचना निमार्णको ठेक्का लगाएर दुई अर्ब बढि कमिशन जम्मा पारिसकेका छन । महानिर्देशक हुनुअघि राष्टिय गौरवका दुईवटै आयोजना पोखरा अन्र्तराष्टिय बिमानस्थल, भैरहवा अन्तराष्टिय विमानस्थलको प्रमुख भएर राज्यकोषको करोडौ रुपैयाँ हिनामिना गरेको आरोप छ । सोही समयमा कमसल संरचना निर्माण गर्ने तथा ठेक्कापट्टामा चलखेर गरेर यसअघि विहान बेलुकाको छाक टार्न मुस्किल हुने परिवारका अधिकारीले चितवन, ललितपुर र काठकाण्डौमो घरजग्गा जोडेको तथा करोडौको ब्रिफकेश बोकेर तालुकदार मन्त्रालयलाई प्रभावित गरिरहेको उनिनिकटको भनाई छ ।

आर्थिक चलखेलकै कारण नागरिक उडड्यान प्राधिकरणका धेरै सिनियरलाई पन्छ्याएर ११औ तहबाट एकैपटक महानिर्देशकको कुर्ची पडकाएका उनले अहिले पनि प्राधिकरणको महत्वपूर्ण काममा भन्दा जताबाट कमिशन उठाउन सकिन्छ उतै लागेर पुरै संस्था बदनाम बनाएको प्राधिकरण स्रोत बताउँछन । नागरिक उडड्यान प्राधिकणको नेतृत्व गरिसकेका अघिल्ला डिजीहरुले समेत अधिकारीका कारण आफु कुनै कार्यकाल यो संस्थाको प्रमुख थिए भन्न समेत हिच्किचाउनुपर्ने अवस्था सिर्जना भएको सुनाए ।