ललितपुरको भट्टेडाँडामा पहिरोले एउटा ट्रयाक्टर र मोटरसाइकल पुरेको छ ।
पहिरोमा परेर मोटरसाइकलमा सवार दुई जना घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।
मोटरसाइकलमा सवार दुवैको बीएण्डबी अस्पताल ललितपुरमा उपचार भइरहेको पनि एसपी सुवेदीले जानकारी दिए ।
स १ च ७३१८ नम्बरको ट्रयाक्टर र प्रदेश २–०३–००४ प ५६६१ नम्बरको मोटरसाइकल पहिरोमा पुरिएका हुन् । मोटरसाइकलमा मकवानपुरतर्फ जाँदै गरेका पर्साका हल्दार मिया मन्सुरी र ट्याक्टर चालक घाइते छन् ।
मोटरसाइकल चालक गम्भीर घाइते छन् भने ट्याक्टर चालक सामान्य घाइते छन् । पहिरोले भट्टेडाँडाको खरिबासमा अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।













