राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–सल्यानखण्डको सिरखोलामा बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।
रुकुमबाट नेपालगञ्जतर्फ जाँदै गरेको रा१ख २४३९ नम्बरको यात्रुवाहक बस मंगलबार साँझ पौने ७ बजे दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुलाई अहिले उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार बस सडकदेखि झण्डै ५० मिटर तल खसेको छ । सो स्थानमा घुम्ती रहेकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ । गाडीमा करीब ३५/३६ यात्रु भएको हुन सक्ने जनाइएको छ ।













