दाङमा २ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप

दाङ। दाङमा टाइफाइडविरुद्ध खोप अभियान आजदेखि सुरु गरिएको छ । स्वास्थ्य कार्यालय दाङले २३ गते बुधवारदेखि बैशाख ११ गतेसम्म टाइडफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको छ ।दाङमा दुई दिन अघिदेखि अभियान सुरु हुन थालेको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।

कार्यालय प्रमुख शाहीले विद्यार्थीको परीक्षालाई मध्यनजर गरेर जिल्लाका दशवटै पालिकाहरुमा चैत २३ गते बुधवारदेखि खोप अभियान चलाउने निर्णय गरेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार