श्रीलंका संकट : अप्रिल अन्त्यसम्ममा पेट्रोल–डिजेल सकिने

श्रीलंकामा अप्रील अन्त्यसम्ममा पेट्रोलियम पदार्थ सकिने भएको छ । त्यहाँ अधिकांश डिजेल सार्वजनिक यातायात र विद्युत उत्पादनका लागि प्रयोग गरिन्छ। देशमा डिजेल अभावका कारण केही थर्मल पावर प्लान्ट बन्द भइसकेका छन् । हाल दिनमा करिब १० घण्टा विद्युत् अवरुद्ध भइरहेको छ । श्रीलंकाको आर्थिक संकटको बीचमा अहिले अवस्था यति नाजुक बनेको छ कि अन्य देशबाट पनि सहयोगको अभाव हुन थालेको छ । श्रीलंकामा यसै महिनाको अन्त्यसम्ममा डिजेलको अभाव हुन सक्ने खबर आएको छ ।

यससँगै भारतले इन्धन खरिदका लागि पठाएको ५० करोड डलरको क्रेडिट लाइन पनि समाप्त हुने अवस्थामा पुगेको छ । भारतले फेब्रुअरीमा श्रीलंकालाई इन्धन खरिदका लागि ५० करोड डलरको लाइन अफ क्रेडिट विस्तार गरेको थियो।

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि श्रीलंकाले सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । ग्यास, खाद्यान्न र अत्यावश्यक वस्तुको अभावमा नागरिकले चर्को विरोध गरिरहेका छन् ।अधिकारीहरूका अनुसार श्रीलंकामा इन्धन ढुवानी स्थितिलाई ध्यानमा राख्दै अप्रिल १ को सट्टा मार्चको अन्त्यमा आउन थालेको छ।

यसबाहेक अप्रिल १५, १८ र २३ गते थप तीनवटा भारतीय ढुवानी बाँकी रहेको र त्यसबेलासम्म श्रीलंकाको सरकारले सहयोगको माग नगरेमा इन्धन पूर्ण रूपमा सकिनेछ । श्रीलंकामा अधिकांश डिजेल सार्वजनिक यातायात र विद्युत उत्पादनका लागि प्रयोग गरिन्छ।देशमा डिजेलको अभावका कारण केही थर्मल प्लान्ट बन्द भएकाले दैनिक १० घण्टा विद्युत् कटौती हुने गरेको छ ।यहाँ, आयात खरिदको रकम भुक्तानी नहुँदा देशको एक मात्र रिफाइनरी नोभेम्बर २०२१ मा दुई पटक बन्द भएको थियो ।

सम्बन्धित समाचार