प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डले समीकरण फेरिन हल्ला यथार्थ नभएको ब्रिफिङ गरेका छन् । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ब्रिफिङका क्रममा उनले यस्तो बताएका हुन् ।
‘बाहिर सञ्चारमाध्यममा आएका कुरा हल्ला मात्रै हुन् । हामी अहिले पनि सत्ताका सहयात्रीबीच संवादमा छौँ’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, ‘बाहिरका हल्ला र भित्रका कुराबारे प्रधानमन्त्रीले जानकारी दिनु भयो ।’
शर्माकाअनुसार दाहाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर संवाद भइरहेको पनि बताएका थिए । ‘मेरो निरन्तर रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद भइरहेको छ । हामी सबै कुरामा संवादमै छौँ’, दाहालले क्याबिनेटमा भने, ‘वार्ता चलि नै रहेको छ । बाहिरका हल्ला मात्रै हुन् बेकार हुन् । यो गठबन्धन लामै जान्छ ।’
उनले सरकार यसरी नजाओस् भन्नेहरूले गलत सूचना फैलाएको दाबी गरिन् । उनले अहिले राष्ट्रिय सरकारको कुरा नभएको जिकिर गरिन् ।













