नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिमा सिग्देल

 नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिमा वरिष्ठ रथी अशोकराज सिग्देल तोकिएका छन् । 

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले बुधबार  सिग्देललाई कायममुकायम प्रधानसेनापति तोकेका हुन् । 

उनले सैनिक ऐन २०६३ को दफा ८ को उपदफा ३ बमोजिम साउन २५ गतेदेखि लागु हुने गरी कायममुकायम भई प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी तोकिएका हुन् । 

अहिलेका प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल २४ भदौमा सकिँदैछ । त्यसको एक महिनाअघि बिदा बस्ने सैनिक परम्परा भएकाले सरकारले सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको हो ।