चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा ढुंगासहितको पहिरो खस्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी सूचारु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएर राजमार्ग एकतर्फी संचालनमा आएको हो ।
आज बिहान करिब ७ः४० बजेको समयमा पहिरो खसेर दुईतर्फी नै अवरुद्ध भएको थियो । राजमार्ग खुलाउनका लागि प्रहरी निरीक्षकसहितको टोली पहिरो खसेको ठाउँमा पुगेको थियो ।














