कोशी प्रदेश कानुन कार्यान्वयन कार्यदलको म्याद थप

कोशी प्रदेश सरकारले संघीयता कार्यान्वयन र प्रदेश कानुन कार्यान्वयन कार्यदलको म्याद थप गरेको छ ।

नेपाली कांग्रेस सरकारमा सहभागी भएपछि शुक्रबार बसेको कोशी मन्त्रिपरिषद्को बैठकबाट यस्तो निर्णय गरिएको हो । प्रदेश सरकारले कार्यदलको अवधि ६० दिन थपेको छ ।

यस्तै, उराउ जातिको भाद्र पूर्णिमामा पर्ने पर्वका निम्ति उक्त समुदायलाई त्यस दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले जानकारी दिए ।

उराउ जाति झापा, मोरङ, सुनसरी र इलामका केही भागमा बसोबास गर्छन् ।

Share