प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

Image

 प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन् ।

प्रधानमन्त्री शाहसहितको टोली अपराह्न सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजमार्फत त्यसतर्फ प्रस्थान गर्नेछन् । प्रधानमन्त्री भएपछि शाहको यो पहिलो विदेश भ्रमण हो ।

प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत छन् ।

प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई यही असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्ने कार्यक्रम छ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शाह यही असोज १० गते स्वदेश फर्किने छन् ।