बढ्याे सुनचाँदीको मूल्य

काठमाडौँ । बुधवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख १८ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, बुधवार तेजाबी सुन तोलामा १ लाख १८ हजार १५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधवार चाँदीको मूल्य स्थिर रहेर तोलाकाे १ हजार ४२० रुपैयाँमा कारोबार भएको छ ।