काठमाडौँ गुर्खाजविरुद्ध सुदूरपश्चिम पहिले ब्याटिङमा

Image

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँ गुर्खाजले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङ गर्ने भएको हो ।

एनपीएलको दुई खेलमध्य एक खेलमा जित र १ खेलमा हार भोगेको काठमाडौँ दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा विराटनगर किंग्सलाई पराजित गर्दै सुदूरपश्चिमले विजयी सुरुआत गरिसकेको छ ।